कास्की,
अवरुद्ध संसद खुलाउनको लागि संविधान संशोधनको विषयलाई स्थगन गरेर अन्य विषयलाई छलफलमा ल्याउने हो भने अवरुद्ध संसद खुल्न सक्ने एमालेले जनाउ दिएको छ । साथै राजनैतिक सहमतिमा जोड दिन पनि आग्रह गरिएको छ ।
आइतबार विहान प्रेस चौतारी कास्कीको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव ईश्वर प्रोखलले असैधानिक तरिकाबाट आएको संविधान संशोधन बाहेकका कार्यतालिका आउने हो भने एमाले अवरुद्ध संसद खुलाउन सक्छ तर प्रधानमन्त्रीलेले अर्काको आदेश अनुसारको काम गर्न बन्द नगरेसम्म व्यवस्थापिका संसद अवरुद्ध भइरहने जानकारी दिएका छन् ।
एमाले राष्ट्रको हितका लागि जे पनि गर्न तयार रहेको हुदा यहि अवस्था संसद खोल्न नसकिने कुरा जाकारी दिएका हुन् । त्यसै गरि एमाले सचिव योगेश भट्टराईले कांग्रेसले इतिहास विर्सेको विपि, गणेशमानको मार्गदर्शन र योगदानलाई कांग्रैसीजनले सम्झिन पर्ने कुरा बताएका हुन् ।