काठमाण्डौँ,

देशका राजधानी लगायत प्रमुख शहरहरुमा लोडसेडिङ हटेपछि बजारमा इक्ट्रोनिक सामानहरुको विक्रि बढेको छ । यस भन्दा पहिला यो सिजनमा इन्भटर,व्याट्रि,जेनेरेटर जस्ता लोडसेडिङको साटो वैक िल्पत उर्जाका सामनहरु बेच्ने पसल ठप्पै प्राय भएको छ ।

राजधानीको महाबौद्धस्थिति एक जना इन्भटर व्यापारी व्यवसाय बदल्ने सुरमा छन् । उनी जस्ता हजारौ व्यापारीहरु यस्को वैकल्पिक बाटो अपनाउने सुरमा छन् । चौविसै घण्टा विजुली आउने भएपछि मानिसहरुलाई वैकल्पिक उर्जाको स्रोत पनि आवश्यक परेन त्यसकारण पनि यस्ता व्यापारहरुमा कमि आएको हो ।

तर जेनेरेटर जस्ता समाग्रीको माग कम भए पनि हिटर लगायत विजुलीबाट प्रयोगमा ल्याउन मिल्ने सामनहरु भने बजारमा धमाधम विक्रि भइरहेको छ । यसले विद्युतिय माग पनि बढाएको विद्युत प्राधिकरणका कर्मचारीहरु बताउछन् । आवश्यक सामग्री मात्र प्रयोग गर्न विद्युत प्राधिकरणले आम उपभोत्तालई सचेत गराइरहेको छ ।

कयौँ लगानी पनि डुबेको छ लोडसेडिङ घटेर कतिपय व्यापारीहरु लोडसेडिङको विरोध पनि गरेका होलान् । राजनैतिक तहमा चलखेल पनि भएको होला तर लोडसेडिङले सबै फाइदा पुगेको छ र व्यापार पनि बढेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया