काठमाण्डौँ,
पोर्चुगलका कप्तान तथा रियल मड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोले चौथो पटक बेलन डि. आरले सम्मानित भएका छन् । उनका प्रतिद्धन्द्धी अर्जेटिनाका कप्तान तथा वार्सिलोनाका स्टार लियोनल मेसीलाई पाछि पार्दै सम्मान चुमेका हुन् । मसीले उक्त सम्मान पाँच पल्ट जितेका छन् भने रोनाल्डोले यो सहित ४ पटक जितेका छन् । अब मेसीलाई बराबर गर्नको लागि एक पटक पुन रोनाल्डोले जित्न पर्ने हुन्छ ।
विश्वभरको छनोटमा परेका प्रशिक्षक खेलाडी तथा १०० जना पत्रकारबाट गरिने छनोटमा रानाल्डोले २०१६ भरि क्लबलाई र देशलाई कति योगदान गरे भन्ने कुराको मुख्य हुन्छ । उलकै योगदानमा रियाल मड्रिडले च्यापियन्स लिग र पोर्चुगलले युरोकप जित्न सफल भएको थियो । यहि आधारमा पनि उनी यस सम्मानको हकदार थिए ।
सम्मान पाइसकेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने यो पटक मैले उपाधी जित्छु भन्ने लागेको थिइन । यसबाट म निकै उत्साहित छु साथमा गर्व पनि गर्न चाहन्छु ।