काठमाण्डौँ,
सरकारको योजनामा गाँउ पसेको नेपालका लघुवित्त संस्थाहरुले सस्तो व्याजदरमा रकम बाडेको भनेर हल्ल फिँजाए पनि आम मानिसको जिवनस्तर खानामा बाहेक अन्य क्रियाकलापमा स्तर उन्नती हुन सकेको छैन् । लघुवित्तबाट लिएको ऋणले मानिसहरुलाई मासु भात मात्र खान पुगेको छ भने ऋणको बोज बढेर गएको छ ।
विभिन्न बैँकको लगानीमा धेरै नाम गरेका लघुवित्तिय संस्थाहरु गाँउ गाँउ पुगे पनि आयस्रोतमा कुनै वृद्धि भएको देखिएको छैन् । सस्तो व्याजदर भने पनि ति संस्थाहरुले विभिन्न वाहानामा धेरै प्रतिशत व्याज लिएको पाईएको छ । सरकारी प्रतिनिधिलाई देखाउने व्याजदर र आम मानिसहरुसँग उठाउने व्याजदर फरक रहेको पाईन्छ ।
मानिसहरुले एक वित्तिय संस्थाबाट ऋण लिएर अर्कोमा तिर्ने र अर्कोबाट लिएर झन अर्कोमा तिर्ने प्रवृति देखिएको हो । खानामा चाहि मानिसहरुको आमुल परिर्वन भएको छ । पहिला के खाउ भनेर दुख पथ्र्यो भने अहिले मानिसहरु मासु भात खान सक्ने भएका छन् । तत्काललाई लघुवित्तिय संस्थाहरुको लगानीले मानिसहरुको जिवन स्तर राम्रो देखिए पनि कालन्तरमा यसले मानिसहरुलाई झन गरिव बनाउने पक्का छ ।
अहिले सरकार तथा अनुसन्धाकर्ताहरुले सवल पक्षलाई मात्रै अध्ययन गरेका छन् भने नकारत्मक पक्षलाई गौण बनाइरहेका छन् । यस्ता खाले लगानीबाट मानिसको आयस्रोत कतिको वृद्धि भएको छ र केमा लगनी गरेको छ भनेर ध्यान नदिदा निकट भविष्यमा संकट आउने पक्का छ ।