मङ्सिर २३,
क्रीकेटमा पनि अब देखी फूटबलमा जस्तै रेड कार्ड देखाउन पाउने भएको छ ।
एमसिसी वर्ल्ड क्रीकेट कमिटीका अनुसार यो नियम आउदो २०१७ को अक्टोबर १ देखी लागु हुनेछ । बुधबार मुम्बईमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यो नियम अनुसार यदी खेलाडिहरुलाई निम्न अवस्थामा अम्पाएरले रेड कार्ड देखाइ मैदानबाट निकाल्न सक्ने छन्:
१) यदी अम्पाएरलाई धम्की दिएमा
२) मैदानमा हिंसात्मक कृयाकलाप गरेमा
३) यदी खेलाडिले अम्पाएर, अरु खेलाडि, अफिसियल र दर्शकहरु माथी हातपात गरेमा
यो नियम अन्तराष्ट्रिय र स्थानिय दुबै प्रकारको क्रीकेटमा लागु हुने कमिटीले जनाएको छ ।