दाङ,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संशोधनको प्रस्ताव फिर्ता नहुने जानकारी दिनुभएको छ । संशोधनको प्रस्ताव कसैलाई चित्त नबुझे चित्त नबुझेका कुरा पनि छलफल गरेर संशोधनमा लान सकिने प्रधान मन्त्रीको भनाइ रहेको छ ।
नेकपा एमाले लगायत केही साना दलले संशोधनको विरोध गरे पनि विरोधको कुनै अर्थ नरहेको र दर्ता भएको प्रस्ताव कुनै पनि हालतमा फिर्ता नगर्ने जनाउ प्रधानमन्त्रीले दिएका हुन् । सरकारले सबै दललाई समेटेर संविधान संशोधनको प्रस्ताव पारित हुनेमा प्रधानमन्त्री प्रधानमन्त्री ढुक्क रहेका छन् ।
दाङको राप्ती नदिकमा सिशहनिया र महदेवा जोड्ने देशकै दास्रो लामो पुल उद्घाटन गर्नेक्रममा बोल्दै संविधान संशोधन राष्ट्रघातमा नभई देशलाई निकाश दिनको लागि भएको प्रधानमन्त्रीले बताउनु भएको हो ।