काठमाण्डौँ,

नेपाल प्रहरीले रोजगारीको लागि कोरिया पठाइदिने भन्दै रकम असुल्ने एक जनालाई प्रक्रिएको हो । खोटाङ बाकाचोल ३ घर भएको हाल काठमाण्डौँ महानगरपालिका बौद्ध बस्ने ३५ वर्षीय लाक्पा तेम्बा शेर्पालाई महानगरी प्रहरी अपराध महाशाखाको टोलिले पक्राऊ गरेको जनाएको हो ।

दक्षिण कोरिय पठाईदिन्छु भन्दै शेर्पाले दोलखा श्यामा ४ का साङ्गे शेर्पा सहित ४ जनालाई कोरियमा राम्रो काम लगाईदिन्छु भन्दै जनही ११ लाख ५० हजार उठाएर टुरिष्ट भिषामा जापान पठाएका हुन् । कोरिय पठाउनको लागि जापानबाट सजिलो हुने भन्दै जापान पठाएका हुन् भने जापान पुुगेपछि पनि शेर्पाका दलाली साथी नर्वु छिरिङ गुरुङले समेत ४ जनासँग २ लाख दर ठगेका थिए । पिडितहरु ९ महिना जापानको जेल बसेर नेपाल आएका हुन् ।

शेर्पालाई ठगि मुद्धामा आवश्यक अनुसन्धान एवं कारबाहिको लागि महानगरिय प्रहरी परिसर टेकुमा पठाएको प्रहरीले जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया