अखिल,

देशको माहोल अहिले निकै तातेको छ । संविधान संशोधनको नाममा । यो कत्तिको जायज र नाजायज छ सबै कुराको लेखाजोखा नेपाली जताले गर्न पर्ने हो तर नेपालमा सबै कुराको छिनोफाने राजनैतिक दलका नेताले गर्ने गरेका छन् भने तिनलाई साथ दिइरहेकाख छने नेपालमा संग्लन विभिन्न गुप्तचरी खुफिया एजेन्सीहरुले ।

नेपालीमा एउटा उखान निकै प्रचलित छ भाई फुटे ग्वार लुटे वास्तमा यो उखान नेपालको राजनितिमा प्रयावाची नै भएको छ । नेपालको राजनितिलाई सधैँ आफ्नो मुठिमा पार्न सफल भारतीय गुप्तचर र अन्य विभिन्न देशको गुप्तचरी निकायहरु अहिले नेपाललाई क्रिडास्थल बनाइरहेका छन् । विदेशी गुप्तचरी संस्थाहरुले नेपाल सबै पक्षको मनोवैज्ञानिक पक्ष बुभिसकेका छन् ।

नेपालको कर्मचारीहरु पैसामा विक्छन् नेताहरु लोभमा विक्छन् भन्ने कुराको सबै जानकारी लिएर उपयूक्त मौकाको खोजीमा सबै खुफिया एजेन्सीहरु कुनै पनि वेला कुनै पनि ठाउलाई क्रिमिय बनाउन सक्नेछन् । नेपालमा लामो समयसम्म आफ्नो अधिपत्य जमाउन सफल भारतीय गुप्तचरहरुको अनुकुलमा देश अगाडि बढिरहेको छ । अन्यको जतिसुकै कुरा गरे पनि नेपालमा भारतीय रअ हाबी भएको कुरालाई कसैले पनि नकार्न सक्दैन् ।

नेपाललाई सके पुरै भारतमा गाभ्ने नसके तराईलाइ जसरीमा गाभ्न सकिन्छ भन्ने मानसिकताको विकाश गरेर भारतीय खुफिय एजेन्सी लागेको छ । त्यहि भएर नेपालमा भिन्न भिन्न उद्देश्य बोकाएर नेपालमा राजनैतिक दल खोल्न लगाए पनि आखिर सबैको भित्रि योजना एउटै हो नेपाललई भारतमा विलय गराउनु । यसकै परिणाम हो प्रद्श न. ५ विभाजन र संविधान संशोधनको सर्मथन । यहि मौकामा नेपालमा क्षेत्रिय तथा जातिय विउको विजारोपण गरेर जताजतै अशान्ती मच्चाउन पाए यहि अस्थिर राजनितिमा हस्तक्षेप गर्न सजिलो हुने उनीहरुको तर्क छ ।

यो अशान्तीको विउ त पहिले देखि नै रोप्न खोजिएको थियो । राणाहरुको पालमा पनि केहि विउहरु रोपिएका थिए । ति विउहरुलाई राजा महेन्द्रले केहि हद सम्म हटाउन सफल भएका थिए । तर कालापानीबाट भारतीय सेना र काठमाण्डौँबाट खुफिय एजेन्सी रअलाई हटाउन भने उनले पनि सकेनन् । त्यतिवेला नै राजाप्रति भारत शंसकित बनिसकेको थियो तर उपउक्त समय थिएन् । पछि भारतीयहरुले माओबादी नामक दललाई ससस्त्र युद्ध गर्न लगाएर आफ्नो प्रभुत्व विस्तारै बढाउन थालेको थियो । लगतै ६० सालतिरबाट मधेशीबादी दलहरुलाई रअ एजेन्टहरुले बारम्बार सहकार्यको लागि दबाव दिदै भारतीय मुद्धामा विलय गराइछाडे ।

पछिल्लो समय भारतीय गुप्तचरहरुको काठमाण्डौँमा बाक्लै उपस्थिति रहेको पाइन्छ । ठुला भनाउदा गुप्तचरी निकायका मान्छे आउदा नेपालका राजनैतिक दलका नेताहरु भगवान आएजसरी लम्पसार परि आर्शिबाद माग्छन् । तराईका दलहरुलाई त भन्नै परेन कतिको भारत मोह छ र भारतको एजेन्डा बाकेर आन्दोलनको धाक लाउदै हिड्छन् भनेर । यसले ढिला या चाडो नेपाल भन्ने देशको केहि भाग भारतमा विलय हुने पक्का छ । यो आम मानिसहरुले आँकलन गरेको विचार हो ।

एक जना जोगी जो रामदेवको नाममा गुप्तचरी गर्न आउछन् उनले नेपालका नेताहरुलाई चौरमा लगेर सुताउछन् । नेपाली नेताहरु यसमा नै मख्ख पर्छन रामदेवले नेपालमा लगानी गर्ने भए र नेपालीले रोजगारी पाउने भए भनेर तर उस्को तिर अन्तै भएको कुरा कसैले पत्तो पाउदैनन् व्यापारको नाममा नेपालमा रहेको जडिवुटिहरुमा भारतको गिद्धे नजर हो रामदेवको आयुवेदिक उद्योग । यस्तै नेपालको जल जंगल र धार्मिक स्थलमा भारतको मोह कति छ भन्ने कुरा उनीहरुकै देशका मिडियाले बेलाबेलामा भन्ने गरेका छन् ।

भारतीय खुफिया एजेन्सीले नेपालमा के गर्दा चाहि सजिलै भारतमा नेपाली नेताहरु लम्पसार पर्न सक्छन् भन्ने कुराको सूक्ष्म अध्यन गरेर तत्कालिन समयमा गरिएको नाकाबन्दी हो जतिखेर संविधान बनेको निहँुमा नेपालमाथि भारतले नाकाबन्दी लगाएको थियो । नेपालमा सबै कुरा भारतबाट आयत हुन्छ र उनीहरुकै योजनामा नेपाललाई पराधिन बनाउदै कमजोर बनाउदै लगेका छन् । नेता त भारतबाट आयत हुन्छ । नेपालमा उस्को बाटो भएर के चाहि आयत हुदैन् त्यसकारण पनि भारतीय खुफिय एजेन्सीले मोदी सरकारलाई बारम्बार रिपोर्ट दिने गरेका छन् कि नेपाल विस्तारै हाम्रो लाईनमा आउदै छ ।

यो देशलाई छिन्न भिन्न पार्नको लागि पहिला नेपालीकै दोष छ जस्ले लोभमा देशलाई बेचे अनि भारतीय खुफिया एजेन्सी जस्ले वर्षौ लगाएर अवौँ खर्च गरेर नेपाललाई विलय गराउनको लागि भुमिका खेलिरहे ।

अब जनताको इच्छा भारतीय खुफिय एजेन्सी रअको डिजाइनमा भारतमा विलय हुने या नेपाल आमालाई यस्ता खुफिया एजेन्सीबाट बचाउने हो ?

Please share us on:

तपाईको प्रतिक्रिया