काठमाण्डौँ,
आईतबार पनि व्यवस्थापिका संसद बैठक अबरुद्ध भएको छ । संविधान संशोधनमा रहेको एमालेसहित साना ५ दलले संसद अबरुद्ध गरेका हुन् ।अगातार ३ दिनसम्म संसद चल्न नदिएर एमाले लगायत साना दलहरुले संविधान संशोधनको विरोध गरिरहेका छन् ।
संसद सुरु हुने वित्तिकै नेमकिपाकी सांसद अनुराधा थापामगरले संविधान संशोधन विधेयक देशका लागि हानीकारक रहेको भन्दै उक्त विधेयक फिर्ता लिन माग गरेकी हुन् । देशमा बाह्य शत्तिलाई मौलाएको भन्दे राप्रपा को एकिकरण पनि कसैको इसारामा भएको कुरा बताइन् यसो भन्दा राप्रपाका सुशिला श्रेष्ठ निेयमापक्ति जनाएपछि सभामुख ओनसरी घर्तीले रेकर्ड सम्पादन गर्न निर्देशन दिनुभएको हो ।
९० प्रतिशतले हस्ताक्षर गरेको संविधान सभालाई कसैले अपुर्ण भनेकै भरमा संशोधन गर्नू नपर्ने र विदेशी भाषालाई मातृभाषा बनाउन नसकिने जनाएकि हुन् ।
आइतबार पनि एमाले, माले, राष्ट्रिय जनमोर्चा र नेपा राष्ट्रिय पार्टीले संसद भवनमा उभिएरु संसद अबरुद्ध गरेका हुन् । सभामुख ओनसरी घर्तीले पटक पटक बस्न आग्रह गर्दा पनि संसद अवरुद्ध पारेपछि बैठक स्थगित भएको हो ।