अखिल,

संविधान संशोधनको विषयले देशलाई धुव्रीकरणको बाटोमा अगाडि बढाएको छ । एका पट्टि कांग्रेस, माओबादी र मधेसबादी एकापट्टि एमाले लगायत केहि साना दल । व्यवस्थापिका संसदलाई रणमैदान बनाउनको लागि दुबै पक्ष लागिरहेका छन् । सरकार पक्षका मानिसहरु एमालेले संसदमा तोडफोड गरोस भन्ने चाहन्छन् सायद यसलाई नै बुझेर होला एमालेले व्यवस्थापिका संसदमा विरोधको शैली नयाँ अपनाइएको । एमाले सासदहरुले विना नाराबाजी उठेर विरोध गरेका थिए शुक्रबारको व्यवस्थापिका संसदमा ।

देश जटिल मोडमा पुगेको छ सत्ता पक्ष पेलेर नै जाने र प्रतिपक्ष पेल्न नदिने पक्षमा रहेको छ । देशको विभिन्न ठाउमा विरोधको स्वरहरु सुनिन थालेको छ । विशेष गरेर प्रदेश न. ५ लाई सरकार तथा प्रतिपक्षले आ आफ्नै स्वार्थअनुकुल हेरिरहेका छन् । एमाले लगायत आन्दोलनमा साथ रहने दलहरुले जनताको पक्षमा जस्तो देखिएको छन् भने सरकार पक्ष जनताको विपक्षमा जस्तो देखिएको छ । यस्को उदाहरण हो टोपबहादुर रायमाझि र चन्द्र भण्डारीको वुटवल आमसभालाई सम्बोधन । उनीहरुको भनाइबाटै प्रष्ट हुन्छ कि सरकार जनताको विपक्षमा छ ।

यसरी जनता एक ठाउमा उभिदा पनि मधेशसी मोर्चा मौन हुनु र शुक्रबारै नेपालका लागि भारतीय रञ्जित रे नेपालका मेधशीबादी दलहरुलाइै भोज खान बोलाएर सम्झाएको कुराहरु बाहिर मिडियमा आउनु पनि कम गम्भिर छैन् । सरकारले बुझन पर्ने हो बुटवलमा मानिसको जनसागर देखेर साच्चै सरकारले चालेको कदम कतै गलत छैन् ।

विरोधको स्वर यस्तै हुने हो भने बुटवल लगायत अन्य ठाउमा अप्रिय घटना घट्न पनि सक्छ र त्यो अप्रिय घटनाको दोष एमालेमा आउन सक्छ र एमालेलाई बद्नाम गराउन पनि सक्छ । यस तर्फ एमाले पार्टीले विचार गर्न सकेको छ कि छैन् । ?

जनताले स्वतस्र्फत साथ दिएको विपक्षीको मागलाई सरकार र मधेशबादी दलले एमालेकरण गरेर जनताको आखामा छारो हाल्ने काम गर्न खोजिदै छ ।

Please share us on:

तपाईको प्रतिक्रिया