काठमाण्डौँ,
संविधान संशोधनको विरोधमा शनिबार राजधानीको माइतीघर मण्डलाबाट बानेश्वरसम्म विरोध गरिएको छ । जुलुस एमालेका सम्र्मक कमिटि र प्रदेश न. ५ टुक्रयाउन हुन्न भन्ने मानिसहरुको सहभागिता रहेको थियो । विशेष गरेर कांग्रेस एमालेका हजारौँ कार्यकताको सहभागिता रहेको थियो । विरोधमा संविधान संशोधनको विरोध गरिएको थियो भने प्रदेश न. ५ टुक्रयाउन पाइदैन् भन्ने किसिको नारा लागेको थियो ।
जलुस माईतीघर मण्डलाबाट सुरु भएर बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै एमाले नेता प्रदिप ज्ञावलीले संविधान संशोधन र ५ न. प्रदेशलाई टुक्रयाउने सरकारी योजना कुनै हालतमा पनि सफल हुन नदिने बताउनु भयो । यो सरकार कस्को इसारामा चलेको छ । होईन भने जनताले विरोध गर्दा गर्दै पनि जनताको विरुद्धमा जान सक्ने यो सरकार जनताको प्रतिनिधि हो कि अन्य कसैको हो ? उहाँले भन्नुभयो ।
पछिल्लो समय प्रदेश न. ५ टुक्रयाउने र संविधान संशोधनको विषयलाई लिएर सरकारविरुद्ध आन्दोलन कसिलो हुदै जान थालेको छ । प्रदेश न. ५ अझैसम्म ठप्प प्राय छ भने राजधानीमा एमालेका विभिन्न भातृ संगठन हरुले विरोधको कार्यक्रमलाई तिव्रता दिइरहेको छ ।