काठमाडौँ,
आज राजधानीमा तुलनात्मक रुपमा सवारी साधनहरु कम चलेका छन् । चलेका हरुपनि विभिन्न ठाउको आन्दोललको कारण लामो जाममा परेका छन् । अझै पनि राजधानीकोे अस्कल, त्रिचन्द्र, रत्न राज्य, तथा पशुपति क्याम्पस अगाडि विद्यार्थीहरुले संविधान संशोधन विरुद्धमा आन्दोलन गरिरहेको छ ।
अनेरास्वयुको नेतृत्वमा राजधानीका ठुला सरकारी क्याम्पसका विद्यार्थीहरु सडकमा उत्रेका हुन् । सरकारले संविधान संशोधनको निर्णय गरेसँगै संशोधनको विरुद्धमा सडक सर्घष सुरु भएको हो ।
उता प्रदेश न. ५ लाई टुक्रयाउने निर्णय गरेपछि वुटवल लगायतका आसपासका ठाउहरुमा बन्दको आह्वान गरिएको छ । बन्दलाई मधेशी मोर्चा बाहेक सबैको प्राय सबै दलको सर्मथन रहेको बताइन्छ ।