काठमाण्डौँ,
एमालेको आज बसेको संसदीय दलको बैठकले व्यवस्थापिका संसदमा जस्तो सुकै परिस्थितिको पनि सामना गर्ने निर्णय गरेको छ । सरकारले संविधान संशोधनको नाममा देशलाई विखण्डनको बाटोमा लान खोजेको भन्दै देशको रक्षाको लागि एमालले जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको जानकारी दिएको हो ।
व्यवस्थापिका संसदमा आइलाग्ने माथि जाइलाग्ने र सवै खाले विखण्डनकारीलाई तह लगाउन सबै तरिका अपनाइनेछ । संविधान संशोधनको प्रक्रिया फिर्ता नलिएसम्म एमाले कडा रुपमा प्रस्तुत हुने जानकारी दिएको हो ।