अखिल,

नेपालमा राजनिति देशको आर्थिक र भौत्तिक विकाश भन्दा पनि सत्ताको लगि मरिमेटिने खेल हो। राजनितिमा लाग्ने मानिसहरुलाई थाहा हुन पर्ने हो एक असल राजनेताले देशको तमाम समस्य समाधाननको बाटो खाज्ने गर्छ । नेपालमा कुन चाहि राजनैतिक दल तथा नेता छ अन्य कुरा भन्दा पनि जनताको रोजीरोटि र विकाशको लागि आवज उठाएको होस ।

नेपालमा राजनैतिक दलको कुरा गर्ने हो भने पनि करिव ३०० को हाराहारीमा पुग्ने लागिसकेको छ । नाम मात्रको दलमा पनि झोला बोकेर पार्टि चलाउनेको पनि कमी छैन् । के का लागि दल खोलिएको हो के का लागि आन्दोलन गरिएको हो कुनै उद्देश्यविना नै दलका नाममा नेता हुनेहरुको कुनै पनि कमि छैन । निर्वाचन आयोग जति दल खोल्न पनि अनुमति दिइरहेको छ । दल खोल्दा देशको आर्थिक अवस्थालाई कस्तो प्रभाव पार्छ भन्ने कुराको पनि कसैले ध्यान दिएको पाईदैन । थे्रस होल्ड भनेको बोलेर पनि पारित गर्न सकेको छैन् निर्वाचन आयोगले ।

मानिसहरु दैनिक १५०० को हारामा त्रिभुवन विमानस्थलबाट बाहिएरको छ । यस्लाई रोक्ने खालको वाताबरण कुन चाहि राजनैतिक दलले गरेको छ । संघियताको नाममा दलहरुले देशलाई विकाश निर्माणको साटो टुक्रा टुक्रा पारेर देशलाई कमजोर बनाउने काम गरीरहेको छन् । आर्थिक सवृद्धिले नै देशलाई धनी बनाउछ भन्ने राजनेता नेपालमा खोइ ? सबै राजनित आफ्नै लािग रहेछ भन्ने कुरा प्रष्ट बाहिर आएको छ । करोड भन्दा माथिको गाडिमा सवार गर्न र आलिसान महलमा बस्नको लागि नेपालका राजनैतिक दलका नेताहरुलाइृ कसरी पुगेको छ । सधैभरि घुमेर हिड्न पनि पुगेकै छ । एक जना गरिव उपचार गर्न नपाएर घरको न घाट पनि भएका छन् भने उनीहरुलाई नक्कली उपचारको लागि विदेश घुम्न पाएकै छन् ।

दैनिक खाडिको तातो हावामा श्रम गर्न पनि सजिलो छैन नेपालीलाई । खाडि मै भए पनि देश गरिव हुदाको पिडा भोगेका छन् नेपालीले । यस्तो खालको पिडा बुझिदिने राजनैतिक दलको राजनेता खोई यो देशमा । पछिल्लो समयको कुरा गर्ने हो भने मधेश आन्दोलनको नाममा देशलार्ई कति घाटा परेको थियो यस्को लेखा जोखा हुनु जरुरी छ कि छैन् । नेपालमा मधेशी बादी दलहरुले विकाशको नामका कहिले आन्दोलन गरे । मधेशीबादी दल बाहेक पनि कसैले विकाशको नाममा आन्दोलन गरेको कुनै इतिहास छ त ? पुर्वपश्चिम रेल चाहियो भनेर कुनै दलले आन्दोलन गरेको छ ? नेपालको पहाडहरु छेडेर रेल कुदाउन पर्छ भनेर कुनै दलले आन्दोलन गरेका छन् । कस्तो खालको राजनिति गरिरहेका छौ ?

संविधान संशोधनको नाममा कतै समर्थन कतै विरोधको सुनिरहेको छ । जनतासँगको छलफविना निर्णय लिदा कस्तो हुदोरहेछ भन्ने कुराको नमुना हो जुनसुकै दलको कार्यकर्ताहरुले आन्दोलन गरेको भए पनि । अब नेपालको बाटो के हो ? यस्ता खाले आन्दोलन कति भए नेपालमा अब आन्दोलन धेरै भयो विकाशको बाटोमा अगाडि बढ्नुपर्छ भनेर अडान लिएर बोल्ने राजनैतिक दल तथा नेता खोई ?

यो पुस्ताले देखेको नेता हुन् आज बजारमा ज जस्को चर्चा छ । चर्चा भन्दा बाहिरको मान्छे को छ नेपालमा । आन्माकेन्दित राजनितिले कहाँ पु¥ययो नेपाललाई यस्को अलिकति ्पनि ख्याल राख्नु पर्छ कि पर्दैन नेपालका राजनैतिक दलहरुले ?

हामी खाली सम्भावना मात्र भन्छौ तर त्यो सम्भावना के हो त ? त्यहा कस्ले लागानी गर्ने ? अनि कस्तो खालको लगानीले चाँहि नेपालमा रोजगारीको सृजना हुन्छ भनेर काम थालनी नगर्ने अनि गफैले मात्र देशको विकाश गर्छू भनेर के गर्ने । सबै कुराको व्यख्यालाई सहि ढँगले जनताको आवज सुनिदिने कुने राजनैतिक दल छन् र ? विचार र सिद्धान्थ भन्दा पनि तत्काललाई विकाशको महत्व बुझेर विकाशको लागि आन्दोलन गर्ने कुनै राजनैतिक दल तथा नेताहरु छन् र ?

कम्यूनिष्टहरुको आर्दश व्यत्ति लेलिन, माओ , स्टालिनलाई पार्टि कार्यलय तथा लगाएको कपडाको कुनै छेउमा राख्दैमा सबै कुरा नेपालमा पुरा हुन्छ भन्ने ठान्नेहरुले पनि विकाशका ठुला कुरा गरेका थिए तर सर्बै कुरा हातमा आउदा पनि खै त विकाश ? त्यहि व्यतिलाई आदर्श मान्ने चिन , रुस कोरिय लगायतका देशरु विकाशको अन्तिम चरणमा पुग्न लागिसकेका छन् । भने प्रजातान्त्रि शक्ति भन्ने कांग्रेसको जस्तै विचार मान्ने देशहरु पनि विकाशको गतिमा निकै अगाडि लगिसकेका छन् । नेपालमा भने खाली यो माग र त्यो मागको नाममा सधैभरिको आन्दोलन र हड्तालका कारण देश उठ्नै नसक्ने गरि थिलिएको छ ।

नेपालीपन हराएदै गएको छ । घर झगडालाई मिलाउनको लागि फरक ढँङगले छिमेकी ढाकेका छन् । छिमेकीले सबै भेउ पाएर नेपाल आमालाई दिउसै बलत्कार गरिरहेका छन् । हामी कति निरिह रहछौँ भन्ने कुराको प्रमाण यहि बाट थाहा पाउन सकिन्छ । यस्तो देशका नागरिकले कसरी शान्तीको सास फेर्न सक्लान् ?

हरेक १०÷ १० वर्षमा नेपाली जनताले देशमा आमुल परिर्वनको खातिर बलीदानी गरेका छन् तर बलिदानी बेकामे बन्दै गइरहेको छ । जनताहरु आन्दोलनको नामबाट थाकिसकेका छन् । जस्लाई जुन ठाउमा पु¥याए पनि सबैले गद्धार गरेकै छन् । अब आम मानिसहरु थकाइको महशुस गरिरहेका छन् ।

यसो भन्दैमा हरेस खाइहालेका पनि छैनन त्यसैले नेपालमा आर्थिक क्रान्ति र विकाशको लागि आन्दोलन गर्ने राजनेताको खाजी गरिहरहेको छन् । जस्ले रेल मार्गको लागि आन्दोलन गरोस जस्ले सडकको लागि आन्दोलन गरोस । जस्ले नेपालमा आमाको लुटिएको अस्मिता फिर्ता ल्याउने काम गरोस र नेपाल आमालाई लुट्न सहयोग गर्नेहरुलाइ फासिँमा चढाउनको लागि आन्दोलन गरोस ।

Please share us on:

तपाईको प्रतिक्रिया