विराटनगर,

सरकार परिवर्तन भएसँगै गुमनाम भएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्षले विजय गच्छदारले सिमाड्ढकनमा विषयमा त्यहा जनताको जन चाहना अनुसार विवाद हल गर्न सुझाएका छन् । विवादीत जिल्लामा जनमत संग्रह गर्नू पर्ने धारणा राख्नुभएको हो ।

आज विराटनगरमा पत्रकाहरुसँग कुरा गर्दै कथित ठुला भनाउदा दलहरुका कारण नेपालमा समस्य सृजना भएको कुरा बताउनुभयो । ठुला दलका ठुला नेताहरुको जे मन लाग्यो त्यहि बोल्दै गर्दै हिडेकोले सबै क्षेत्रमा अप्ठ्यारो परेको हो । विवादीत पुर्वका ५ जिल्ला र पश्चिमको २ जिल्ला नेताहरुको चाहनाअनुसार भन्दा पनि जनताको चाहनाअनुसार कुन प्रदेशमा जाने भन्ने कुराको छिनोफानो हुनु पर्ने जानकारी दिनु भयो ।

पछिल्लो समय संविधान संशोधनको पक्षमा नरहेको गच्छदार सबैको सहमतिको आधारमा संविधान संशोधन हुन पर्ने पक्षमा रहेको जनाइन्छ ।

यि ठुला दलका कारण नेपालमा लिपिबद्ध भएको १० पदमा अंगिकृत नागरिक पुग्न नपाउने व्यवस्था रहेकोमा यिनै ठुला भनाउदा नेताहरुका कारण ४ वटामा आएको जानकारी दिनु भयो । देश अहिले जटिल मोडमा रहेकोले १४ महिनाभित्र पनि यस्तै हालत हुने हो भने त्यसपछिको हालत के हुन्छ यस्को जिम्मेवारी ठुला दलहरुको ठुला नेताहरुले लिन पर्ने बताउनु भयो ।

Please share us on:

तपाईको प्रतिक्रिया