मङ्सिर ९,
भर्खरै एएफसी सोलिडरिटी कप जितेको नेपालले आफ्नो फिफा बारीयता सुधार्दै ५ स्थान माथी उक्लदै १८१ स्थानमा पुगेको छ ।
फिफाले आज निकालेको उक्त बारीयता क्रममा नेपाल ९० अंक सहित १८१ स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १८६ औं स्थानमा थियो ।
उक्त बारीयतामा अर्जेन्टिना पहिलो, ब्राजिल दोश्रो र जर्मनी तेश्रो स्थानमा छ । दक्षिण एसियामा भने भारत १३७, अफ्गानिस्तान १४७, माल्दिभ्स १५४, भुटान १७६, बाङ्गलादेश १८३, श्रीलन्का १९५ र पाकिस्तान १९७ औं स्थानमा छ ।