चिकनगुनिया लामखुट्टेबाट सर्ने एक भाइरल रोग हो । सन् १९५२ मा पहिलो पल्ट यो तान्जानियाको दक्षिणी भागमा देखिएको थियो । kimakonde भाषाबाट चिकनगुनिया भन्ने शब्द निकालिएको हो । यसको अर्थ बटारिने र मडारिने भन्ने बुझिन्छ । बिरामीहरुलाई जोर्नीमा दुख्ने कारणले शरीर झुक्ने , निहुरीएर बटारिएको जस्तो chikungunya गराउने भाइरस एक आर.एन.ए.(RNA) भाईरस हो जुन टोगााइरिडे ( togaviride) समुह अल्फा भाईरस( Alphavirus) प्रजाति हो ।
लक्षण
- एक्कासी ज्वरो आउने
- जोनी दुख्नेु
- माशंपेसी दुख्ने
- टाउको दुख्ने
- वाकवाकी लाग्ने
- थकाई लाग्ने
छालामा विमिरा आउने
जोर्नी दुख्ने समस्यले साह्रै नै कमजोर बनाउछ । जोर्नी केहि दिन दुख्छ कहिले कहिले हप्तौँसम्म पनि दुखिरहन्छ । धेरै बिरामीहरु पूर्ण निको हुन्छन् तर कतिपय अवस्थामा दुखाई महिनौ तथा वर्षौसम्म पनि लम्बिन सक्छ । गम्भिर समस्य नम्तिए पनि आँखा तथा नशा र पाचन प्रणालीमा गम्भिर समस्य पार्छ ।
उमेर पाको मानिस बुढा बढिलाई यो रोगले समात्यो भने मृत्युको कारक पनि बन्न सक्छ ।
सर्ने तरिका
एशिया, अफ्रिका , युरोप र अमेरिका मा गरी ६० भन्दा देशमा चिकनगुनिया देखा परेको छ । यो सर्ने माध्यम भनेको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । Aedes aegypti and Aeds albopictus दूई किसिमको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
चिकनगुनिया पत्ता लगाउने तरिका वा चेक जाँच
रोग पत्ता लगाउने विभिन्न तरिका छन् । ELISA ( Enzyme Linked Immunosorbent Assays) and IgM WITH Anti-chikunguniya Antibodies रहेको निधो गर्न सकिन्छ । रोग लागेको ३ देखि हप्ता भित्र संक्रमाण मात्रा रहेको हुन्छ । संक्रमणको पहिलो केहि दिनबाट नै रगतबाट भाईरस छुट्याउन सकिन्छ ।
उपचार
चिकनगुनियाको लागि कुनै पनि औषध उपचार छैन् । उपचार प्रमुखत लक्षणलाई निर्मुल पार्न केन्द्रित हुन्छ । जार्नी तथा दुखाई कम गर्नको लागि औषधी खाने तथा तागतिला जोलिला पद्धार्थ खानुपर्दछ ।
बजारमा चिकनगुनियको भ्याकसिन उपलब्ध छैन् ।
बच्ने उपाय
विशेष गरेर लामखुट्टेको प्रजननलाई रोक्ने हो । घर वरीपरी पानी जम्ने खाल्टा खुल्टि छ भने पुरीदिने । सरसफाईमा ध्यान दिने । विशेष गरेर लामखुट्टेलाई कम गर्न वातावरण तयार पार्ने हो भने यसबाट सजिलै बच्न सकिन्छ ।