कार्तिक २९,

नेकपा(एमाले)का सांसद, पोलिट्ब्युरो सदस्य एंव पुर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले आज संसदमा बोल्दै लोकमानलाई ७ दिन मात्र जेल हाल्न सकियो भने पनि नेपाली जनाताको जित हुनेछ र अपराधी र भ्रस्टहरुलाई यो संबिधानले कारवाही गर्न सक्दछ भनेका छन् ।

लोकमान बिरुद्ध लागेको महाअभियोगको पक्षमा बोल्दै तुलाधरले लोकमानले आफ्नो ३ बर्षको कार्यकालमा समानान्तर सत्ता सन्चालन गरेको र “बरु काल आओस लोकमान नआओस” जस्तो गरी त्रास फैलाएको संसद सामु बोल्नु भयो ।

जनआन्दोलन दबाउन प्रमुख भूमिका खेलेको दोषी ब्यक्तिलाई अख्तियारको प्रमुख जस्तो पदमा जान सहयोग गर्नु आफ्नो पार्टीको पनि गल्ती भएको स्विकार गर्दै र अब यो प्रस्ताबलाई सबै सांसद एक ठाउँमा उभिएर सर्वसम्म्तले पारित गर्न अनुरोध गर्नु भएको छ ।

हेर्नुहोस उहाको अभिब्यक्ती (भिडियो):

https://www.youtube.com/watch?v=DWhWZ8ruOY8

Please share us on:

तपाईको प्रतिक्रिया