खबर कर्नर, कात्तिक ८
वेलायतको ले गरेको एक सर्वेक्षणले ५ वर्षका बालबालिकालाइ धेरै समय टिभि, मोबाईल, ल्यापटप तथा ट्यावलेट चलाउछन् भने बालबालिको मष्तिस्कमा गम्भिर प्रभाव पार्न सक्छ । ६ देखि १७ वर्षसम्मका करिब ६४००० चसौँठ्ठि हजार बालबालिकामा गरिएको सर्वैक्षणले हरेक दिन ३१ प्रतिशत बालबच्चाहरुले २ घण्टा भन्दा कम मोबाइल, ट्याबलेट, ल्यापटप तथा टिभिमा वस्त रहने कुरा पत्ता लागेको हो । त्यस्तै ३६ प्रतिशत बालबच्चाहरु २ देखि ४ घण्टा कुनै पनि मिडियमा व्यस्त हुने १७ प्रतिशत ४देखि ६ घण्टा व्यस्त रहने बाकि १७ प्रतिशत ६ घण्टा भन्दा माथि कुनै पनि विद्युतिया मिडियमा रहने कुरा अध्यानले देखाएको छ ।
यस्ता प्रकारका सामाजिक सञ्जालमा व्यस्त रहने बालबालिकाले स्कुलले दिएको गृहकार्य भने कम गर्ने पनि अध्यनले देखाएको छ । २ घण्टा भन्दा कम विद्युतिय मिडियमा बस्ने बालबालिकाहरुले ४९ प्रतिशत भन्दा कम बालबालिकाले गर्ने अध्यनले देखाएको हो । त्यस्तै ४ देखि ६ घण्टा भन्दा माथि विद्युतिया मिडियामा व्यस्त हुने बालबालिकाले ६३ प्रतिशतले गृहकार्य नगर्ने पनि जनाएको छ । यसले बालबालिकाको मष्तिस्कमा गम्भिर किसिमको समस्या देखा पर्ने जनाएको छ । यसलाई वेलामा नै सचेत नहुने हो भने यसले विकारालरुप लिने पक्का . ।
कुनै पनि बालबालिकालाई मोबाईल टिभि जस्ता कुनै पनि स्किनको अगाडि लामो समय सम्म अगाडि राखेर बस्नु हानिकारक मानिन्छ । अझ भन्ने हो ५ वर्ष भन्दा तलका बालबालिकालाई आफनै निगरानीमा स्किन भएको बस्तुहरु चलाउन दिनुपर्ने कुरा पनि बताइएको छ ।