भदौ १८,
आइ-फोन ७ को सार्वजनिक गर्ने मिती नजिकिदै गर्दा विश्व भरिका आइ-फोन प्रयोगकर्ता र यसलाई रुचाउनेहरुमा उत्साह थपिदै आएको छ । एप्पलले आउदो सेप्टेम्बर ७ मा सार्वजनिक गर्न लगेको आइ-फोन ७ मा के-के नयाँ सुबिधा र बिशेषता हुने भन्नेमा कौतुहलता छ ।
पक्कै पनि आइ-फोन ७ यसको अघिल्लो संस्करन भन्दा ठुलो हुनेछ । तर यसमा पनि दुइ फरक स्क्रीन साइज हुन सक्ने सम्भावना छ ।
आइ-फोन ७ मा पछाडी २ वटा क्यामेरा हुन सक्नेछ जसले अध्यारोमा पनि राम्रो फोटो खिच्न मद्धत गर्नेछ ।
एप्पलले आइ-फोन ७ मा बढी स्टोरेज क्षमता बढाउने र ब्याट्रीको आयु पनि बढी नै हुने छ । साथै आइ-फोन ७ वाटर-प्रुफ हुन सक्नेछ ।
यदी तपाईंहरु पनि आइ-फोन ७ को प्रतिक्षामा हुनु हुन्छ भने अब आउँदो बुधवार तपाईंको प्रतिक्षा समप्त हुँदैछ ।