काठमाडौं, असोज, ७

बालकोट दरवारबाट आफ्नो ‘मण्डले’ राष्ट्रवादी छविलाई प्रचार गराईरहेका एमाले अध्यक्ष केपी ओलीमाथि ‘काउन्टर अट्याक’ भएको छ । ओलीले प्रधानमन्त्री प्रचण्डको भारतभ्रमणपूर्व नै ठूलो शंका गरे, प्रचण्डले देश नै बेच्ने हुन कि जस्तो गरी आफ्ना कार्यकर्तालाई सामाजिक संजालमा हल्ला गर्न लगाए । तर, जब प्रचण्डले भारत भ्रमणमा ठूलो विवाद आउने कुनै काम गरेनन्, ओलीका युवाहरु प्रचण्डपत्नी सीताको फोटोमाथि बहस चलाए । कुटनीति र शिष्टचारका कुरा गरे । ओलीका कार्यकर्तालाई जवाफ दिने गरी चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिका पत्नीका तस्वीर जव बाहिर आए, यो विषयमा पनि ओलीलाई ‘काउन्टर अट्याक’ को सामना गर्नुपर्यो । त्यसपछि एमालले नेपाल र भारतले जारी गरेको२५ बुँदे विज्ञप्तीको ११ बुँदामा विवाद जन्मायो । प्रचण्डले भयानक ठूलो गल्ती गरेको जस्तो गरेर प्रचार गरेको थियो एमालेले । तर, यो विषय पनि त्यतिबेला ओलीका लागि ‘काउन्टर अट्याक’ बन्यो, जव एमालेकै तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय समकक्षी सुष्मा स्वराजसँग मिलेर जारी गरेको विज्ञप्ती बाहिर आयो । ‘भारतलाई सुरक्षा परिषदमा सहयोग गर्ने’ विषय २५ बुँदेमा थियो । एमालेको चर्को विरोध आएपछि प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले फेसवुक मार्फत पुरानो सम्झौताको निरन्तरता भएको जवाफ दिए । मल्लले लेखेका थिए, ‘कतिपय साथीहरु मिडियामा नेपालले भारतलाई सुरक्षा परिषदमा सहयोग गरेर गल्ती ग¥यो भन्दैछन् । कुरा त्यसो होइन । आजको विश्व शितयुद्धकालीन जस्तो छैन । जव सुरक्षा परिषद्मा नयाँ सदस्य थपिन्छ भने भारतलाई सहयोग गर्नुपर्छ भन्ने नेपालको पुरानै स्ट्यान्ड हो । यो कुनै एक छिमेकीकाका विरुद्धको कदम पनि होइन । बरु समसामप्यताको परिचायक हो ।’ प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको २५ बुँदाको ११ बुँदामा जे छ, त्यो एमाले नेता एव्म तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र सुष्मा स्वराजवीच सन् २०१४ मा जारी भएको संयुक्त विज्ञप्तीको निरन्तरा मात्र रहेछ । जव यो विषयबाहिर आयो, ओलीका लागि अर्को ‘काउन्टर अट्याक’ बन्यो । आफ्नो नेतृत्वको सरकार ढालेर प्रचण्ड प्रधानमन्त्री भएपछि ओली निकै आक्रोशित भएका छन् । उनले सरकारलाई असहयोग गर्ने नीति लिएका छन् । जस्तो कि संविधान दिवसमा दिन सरकारले आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएनन् (  आजको जनआह्वान साप्ताहिकमा खबर छ )

Please share us on:

तपाईको प्रतिक्रिया