काठमाण्डौ, असोज ४
राजधानीको सातवटा निजि विद्यालयमा शंकास्पद वस्तु भेटिएको छ । शुल्क बढाएको र बढाएको शूल्क तत्काल फिर्ता लिनु पर्ने , गरिव तथा असाहायल निशुल्क पढ्न पाउने व्यवस्था हुनु पर्ने विभिन्न ११ वटा माग रहेको पर्चा शंकास्पद वस्तु रहेको ठाउमा भेटिएको हो । पर्चामा अखिल नेपाल स्तन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्सको नाममा रहेको छ । राजधानीको दक्षिण ढोका , सानेपा तथा डल्लको विभिन्न स्थानमाा शंकास्पद वस्तु भेटिएको हो । काठमाण्डौ दक्षिण ढोकाबाट २ जना शंकास्पद व्यतिलाइ प्रहरीले प्रक्राउ गरेको जनाएको छ । यस घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।