खबर, कर्नर, काठमाण्डौ
नेकपा एमालेले सविधान घोषण भएको दिनलाइ विशेष तथा भव्य किसिमले मनाउने भएको छ । शनिबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरि नेकपा एमालेले ४ बुदे प्रेस वक्तव्य निकाल्दै आफनो सविधान आफै बनाऔ भन्ने नाराका साथ असोज ३ मा भव्य तथा सभ्य कार्यक्रम गर्न लागेको कुरा केन्द्रिय सचिवलयको सचिव प्रदिप ज्ञवालीले जानकारी दिनु भयो । विभिन्न बाधाको विचमा पनि ९० प्रतिशत जनप्रतिनिधिको हस्ताक्षर सहितको सविधान निमार्ण भइ जारी हुनु आफैमा गौरवको कुरा रहेको जानकारी दिदै असोज ३ गतेलाइ कार्यक्रमको आयोजना गरेको हो ।

असोज ३ गते दिनको १ बजे रत्नपार्कमा भेला भइ नारा जुलुस सहित वसन्तपुरतिर लाग्ने छ । दिउसो २ बजे वसन्तपुरमा कार्यक्रम गर्ने निर्णय गररेको हो । उक्त कार्यक्रममा पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया