काठमाण्डौ,
लडाकुको लागि सरकारले खर्च गरेको रकम अनियमितता भएको भन्दै अख्तियार अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । यसले माओबादीमा खैलाबैला मच्चिएको छ । माओबादीको सात वटा डिभिजन रहेको र ती सबै डिभिजनहरुमा सरकारले माओबादी सेनाका लागि भनेर करिब १० अर्ब भन्दा माथिको रकम खर्च गरेको थियो । जताततै माओबादी शिबिरममा रकमको अनिमियतता भएको भन्दै माओबादीको चर्को आलोचना हुने गरेको थियो । अख्तियारले माओबादी शिविरको रकम हिनामिना गर्ने जो कोहि व्यत्तिलाइ अनुसन्धान गर्न सक्ने बताएपछि माओमादीका नेताहरु अतालिएका छन् । माओबादीको अध्यक्ष हाल माओमादी केन्द्रको पनि अध्यक्ष तथा देशका प्रधानमन्त्री समेत उनै दलका नेता छन् । हाल प्रधानमन्त्री भारत भ्रमणमा छन् भने अख्तियारले उनकै पालामा भएको भनिएको अनिमियतताको बारेमा अनुसन्धान अघि बढाएको छ ।यसमा संग्लन भएको नेताहरुलाइ एक महिनाभित्र जवाफ दिन अख्तियारले निर्देशन दिएको छ ।