काठमाण्डौ, भदौ, ३०
माओबादी केन्द्र अध्यक्ष्य तथाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज जम्बो टोली लिएर आज भारत जादै हुनुहुन्छ । १ सय २५ सदस्यी नेपाली टोलीको नेतृत्व गरेर ४ दिने भारतको औपचारिक राजकिय भ्रमणम जान लाग्नुभएको हो । भ्रमण दलमा दाहाल धर्मपत्नी सीता दाहाल,भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, पराराष्ट्रमन्त्री डा. प्रकाशशरण महत,सांसद नारायण चौधरी,लालबाबु रावत, योगेन्द्र चौधरी,टेकबहादुर बस्नेत र जङ्गीलाल राय सहभागी हुनुहुनेछ । यसैगरि भ्रमण दलमा ५० जना सरकारी प्रतिनिधि , ३७ जना उद्योगी व्यापारी, ३२ जना सञ्चारकर्मी र ६ जना सुरक्षा कर्मी सहित १२५ जनाको जम्बो टोलीको नेतृत्वमा आज देशका प्रधामन्त्री भारत जादै हुनुहुन्छ ।
प्रधानमन्त्रीले आफनो ४ दिने औपचारिक भारत भ्रमणको क्रममा राष्ट्रपति भवनमा आयोजना हुर्ने गार्ड अफ अनर’ समारोहमा सहभागी हुनुहुनेछ भने माहात्मा गान्धी समाधिस्थल राजघाट पुगेर श्रदाञ्जली अर्पण गर्ने कार्यक्रम पनि रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदी , राष्ट्रपति तथा विशिष्ठ सरकारी कर्मचारीहरुसँग भेट हुने कार्यक्रम रहेको छ । त्यस्तै प्रधामन्त्रीले हिमाञ्चलमा निमार्णधिन नाथ्पा झाँक्री जलविद्युत आयोजनाको पनि निरिक्षण गर्ने कार्यक्रम रहेको छ । हरिद्धारमा रहेको रामदेवको कम्पनी पतञ्जली योगपिठको उद्योगहरु पनि निरिक्षण गर्ने कार्यक्रम रहेको छ । प्रधामन्त्री दाहालले भारतमा व्यावसाय गरेर नेपाली उद्योगीहरुसँग पनि भेटघाट गर्ने कायैक्रम रहेको छ । यस्तै भारती प्रधामन्त्रीको भेटमा करिब ७ वटा जति सम्झोता हुन लागेको कुटनितिक स्रोतले दिएको छ ।
१.पञ्छेश्वर आयोजनाको डिपिआर सम्बन्धी अन्तिम रुप दिने र संयुत बक्तव्यमा उल्लेख गर्ने
२.सविधानबारे संयुत्त बक्तव्यमा केहि पनि उल्लेख नगर्ने
३.हुलाकी राजमार्गलाइ बक्तव्यमा समेट्ने
४.नेपाल भारतका प्रबुद्ध समुहले अध्यन गरिहेको सन् १९५० को सन्धी बारे पनि सयुक्त वक्तव्यमा समिटिने भएको छ ।
५.नेपाल भारतको विदेशमन्त्रीस्तरिय बैठक चाडै बस्ने कुरा पनि संयुक्त वक्तव्यमा समिटिने
६.उच्चस्तरी भ्रमणको आदाप्रदान गरिने कुरालाइ पनि सयुक्त वक्तव्यमा राखिने छ ।
७. दुई देशिय सडक, रेल र हवाई संम्पर्कलाइ बढावा दिने जस्ता कुराहरु वक्तव्यमा समिटिने छन् ।
प्रधानमन्त्री दाहाल ४ दिने औपचारिक भ्रमण पुरा गरि असोज २ मा नेपाल फर्किने कार्यक्रम रहेको छ ।