काठमाण्डौ, भदौ,२९

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सन्धी सम्झौता नगर्ने बरु पुरानैलाइ कार्यन्वयनलाइ जोड दिने भन्ने कुरा बाहिर आएको छ । नेपालमा प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट नै गर्ने चलनै चलेको छ । नेपालका प्रधामन्त्रीको भारत भ्रमणमा पञ्चेश्वरको योजनालाइ कार्यन्वयनमा विशेष जोड दिएको बाहिर आएको छ । प्रचण्डको भनाइ मान्ने हो भने उनले कुनै नयाँ सम्झौता गर्ने छैनन् बरु रेल र तेलको पाइपलाइनको कुरालाइ महत्व दिएको छ।

तर नेपालको आधा जनसंख्या भारतको विभिन्न प्रान्तमा मजदुरी गरेर बसेको र तिनका हालत कस्तो छ भन्ने कुराको उठान शुन्य प्राय छ । भारतको प्रधानमन्त्रीले चिनको राष्ट्रपतिसँग गरेको लिपुलेको सम्झौताको बारेमा , खुब विरोध गर्ने एक घटक माओबादीले आफु प्रधानमन्त्रीको रुपमा भारत भ्रमण जादा यस्को कुनै विषय वस्तुको उठान गरेको छैनन् अनि कुन आधारमा नेपालको भलो गर्नको लागि भारतको भ्रमण जान लागेको भनेर नेपाली जनताले विश्वास गर्ने । नेपालबाट भारतमा काम गर्न जानेको लर्को हेर्ने हो भने पनि नेपालको आधा जनसंख्या त भारतमा नै रहेको पाइन्छ । जनयुद्धको पालमा लामो समय भारतको आड लिएर नेपालमा हिंसा मच्चाएका माओबादीको नेता कुनै समय भारतसँग सुरुङ युद्धको तयारी थालेको थियो।

त्यो सुरुङ युद्ध के का लागि थियो माओबादीले अहिलेसम्म पनि पुष्टि गर्न सकेको छैन् । माओबादीले अहिले भारत भ्रमणका क्रममा नेपालको सिमा मिचिएको र भारतको नेपालको पानीमाथिको नजर के हो भनी हैसियात राख्छ कि राख्दैन् । यि विषयमा मौन हुनुले पनि भित्रि कूनै सम्झौता हुन लागेको मानिसहरुको बुझाइ रहेको पाइन्छ । बारेमा कुरा नउठाउनुलाइ आमा मानिसले शंकाको नजरले हेरेका छन् । १९५० को सन्धीले पछाडि परेको नेपाल अहिले सम्म माथि उठ्न सकेको छैन् । नेपालको प्रधामन्त्री हुदैमा भारत जानु पर्ने निति कहिले भोग्न पर्ने हो । यस्ता खाले प्रश्नको जफाव कसरी दिनेछन् प्रधामन्त्री त्यो भने हेर्न बाकी छ ।

Please share us on:

तपाईको प्रतिक्रिया