काठमाडौं, भदौ २८
चिकित्सा स्वास्थ्य क्षेत्रमा देखिएका विसंगतिविरुद्ध पटक—पटक आमरण अनसन गरेका डा। गोविन्द केसीका माग सम्बोधनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवालासँग परामर्श गरेका छन् ।
ाधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान स्वास्थ्यमन्त्री गगन थापा, शिक्षामन्त्री धनीराम पौडेल, चिकित्सा क्षेत्रको सुधारका लागि सुझाव दिन गठित आयोगका अध्यक्ष केदारभक्त माथेमासहित सरोकारवालासँग परामर्श गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन दिएका उनको निजी सचिवालयले जनाएको छ । चिकित्सा क्षेत्रमा देखिएका विसंगतिविरुद्ध डा। केसीले असोज २ गतेदेखि नवौं चरणको आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् .,

Please share us on:

तपाईको प्रतिक्रिया