भदौ २६,
नेकपा(एमाले)को हिजो भदौ २५ गते पार्टी मुख्यालय धुम्बराहिमा बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दहालको हुनगइ रहेको भारत भ्रमणको बारेमा छलफल भएको छ । पार्टी अध्यक्ष केपी ओलिको अध्यतामा बसेको बैठकले प्रधानमन्त्री दाहाललाई भेटी भारत भ्रमणमा जाँदा सम्बन्ध सुधार गर्न गर्नुपर्ने कामहरु र त्यहाँ गइ नेपालको तर्फबाट उठाउनु पर्ने बिषयहरुको बारेमा ध्यानाकर्षन गराउने निर्णय गरेको छ ।
साथै बैठकमा असोज ५ देखी ७ सम्म हुन गइ रहेको केन्द्रिय कमिटीको बैठकको बिषयमा पनि छलफल भएको र त्यसको लागी एजेन्डाहरु तयार गरिएको छ ।
स्थाइ कमिटीको बैठक आज दिउसो १ बजे फेरी बस्दै छ ।