न्याय क्षेत्रमा २०७८ कात्तिक १२ गते शुक्रबार कालोदिनको रुपमा विकशित भएको छ । प्रधानन्यायाधि चोलेन्द्र सम्सेर जबरको राजीनामा माग्ने र राजीनामा दिन नहुने विचको लडाई पक्ष र विपक्षका कानुन व्यावसायी विच बार एसोसिएसनको परिसरमा भएको भिडन्तले न्यायाधिस र कानुन व्यावसायीहरुको क्षमतामा प्रश्न चिन्ह खडा भएको छ । थोरै स्वयंम पनि राख्न नस्कने पनि वकिल हुन्छ र ? राजनैतिक विकृतिको बाछिटा न्यायलयमा राम्रैसँग देख्न सकिन्छ ।
नेपालको सविधान कानुन, न्यायलय, अदालत भनेको राजनैतिक क्रिडास्थल बनेको छ । न्यायलय प्रति आम मानिसको भरोसा टुटेको छ । यहाँ स्वतन्त्र न्यायाधिस पाउन मुस्किल छ भने बहस गर्ने सबै एक न एक पार्टीको झोले नै भइहाले । शुक्रबार वार एसोसेसनमा भएको भिडन्तले पनि यस्तै किसिमको संकेत गर्छ मुलक अब जरजरको बाटोतिर हिड्यो । सबैतिर राजनितिले भद्रगोलको अवस्था सृजना भएको छ । कतै यो व्यावस्था नै फेल भएको त होईन ? विदेशीको इसारामा आफु पद र प्रतिष्ठामा रहिरहनको लागि राजनितिमा जसरी विदेशीको हस्थक्षेप भयो त्यस्को असर विस्तारै फैलिदो अवस्थामा रहेको छ । राजनितिमा जसरी दलिय भागबण्डा हुन्छ त्यसरी नै अदालत अर्को शत्तिको रुपमा उदय भएको पाईन्छ ।
देश विस्तारै संकटको बाटोतिर हिडिरहेको छ । नेपालको राजनैतिक दलहरु सबै क्षेत्रमा आफुअनुकुल मानिसहरुलाई भर्ति गरेर सबै क्षेत्रमा भद्रगोल सृजना गरिरहेका छन् । राजनितिमा लगाम भन्ने कुरा केहि रहेन जे गर्न पनि खुल्ला भयो कुनै पनि कानुनले यसलाई रोकतोक गरेको छैन् । मानिसहरुलाई भरोसा रहेको न्यायलयमा पनि अब त्यस्तो रहेन जुन आमा मानिसले कल्पना गरेको होस । न्यायलयमा राजनितिले यत्ति थिलो थिलो पारेका छ कि कसैलाई कसैको न्याय सम्पादन कार्यसम्पादनको बारेमा केहि मतलब नै छैन् । हर वकिलहरुलाई राजनैतिक कर्मिले तालिम दिएर राखेका छन् । उनले आर्जन गरेको ज्ञानको मतलब नै छैन् । न्यायलयको झडप जस्ले अन्यको झडपको विवाद मिलाउन पर्नेमा उनीहरु आफै झडपमा उत्रिएपछि यसले सहि निसाफ दिन्छ भन्ने कस्ले विश्वास गर्ने ?
नेपालमा देशको दण्डहिनतालाई व्यावस्थित गर्नको लागि विभिन्न कानुनहरु बने । जंगबहादुरले १९१० मा लिखित कानुन बनाएपछि त्यसको जगमा विभिन्न कानुहरु बने जस्ले गलत कार्यलाई निरुत्साहित बनाउन मद्दत पुगोस । तर ति कानुनहरु सब फोहोर थुप्रोमा फालियो । आम नेपाली जनता यो भद्रगोलको अवस्था कहिले समाधान हुने त्यसको विग्रह प्रतिक्षा रहेको छ ।