वागमती प्रदेशको मुख्यमन्त्री अष्टलल्मी शाक्यले राजीनामा दिएकी छिन् । एमालेको विवादमा माधव नेपालको पक्ष लागेकी शाक्य अन्तिम समयमा आएर १० बुदे सहमति हाम्रो हितमा छ भन्दै एमालेमा नै बसेकी थिइन् । एमालेको राजनैतिक इतिहासमा सधै केपि ओलिको आलोचक र माधव नेपालको साथ नछाडेकी शाक्य मुख्यमन्त्री बन्न कै लागि केपि ओलिको साथ रोजेकी थिईन । १० बुदेले एमालेको बाकी एकता जोगिएला वा नजोगिएला तर शाक्यको पद भने जोगिएन् । नेकपा छदै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बलियो दाबेदारी मानिएकी शाक्यलाई तत्कालिन नेकपाका अध्यक्ष केपि शर्मा ओलिले लोप्पा खुवाउदै आफु निकट डोरमणि पौड्ललाई मुख्यमन्त्री बनाएका थिए । पछि अदालतले एमाले र माओबादी पुन विउझाइदिएपछि एमालेको विवादमा माधव नेपालको नजिक भनिएकाहरुलाई पद दिदै एमालेमा नै राख्न ओलि सफल भएका थिए ।
राजीनामासँगै मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबेदारी प्रस्तुत गर्ने तयारी गरेका छन् ।