काठमाण्डौ, भदौ १५
सरकारले सञ्चालन गर्न लागेका सुपथ मुल्यको पसल शहर लक्षित कि गरिव लक्षित ? चाडबाडको बेलामा हुने व्यापारको एक भाग पनि नसमिटिने गरि सरकारले असोज १ बाट सञ्चालन गर्न लागेको सुपथ मुल्यको पसल राजधानी र जिल्ला सदरमुकाम बाहेक ग्रामिण क्षेत्रमा पनि सञ्चालनमा आए गरिब तथा विपन्नहरुले राहतको महशुस गर्ने थिए ।आयतित सामानलाइ अन्य पसलमा किन्दा फरक मुल्य र सुपथ मूल्यको पसलमा किन्दा फरक मुल्य निर्धारण गरेर बेचिन लागेको उत्त पसललको प्रभावकारिताको वारेमा आम मानिसहरुले प्रश्न गर्ने गरेकका छन् । सुपथ मुल्यको पसलमा पनि ठुलाबडाको नै हाली मुहाली चल्ने हो । पैसा हुनेले सस्तोमा सामान पाउदा धेरै किनेर राख्छन् तर गरिबहरुले एकै चोटि सामान किन्न सक्दैनन् । त्यहामाथि उक्तपसलहरु सहर केन्द्रित हुदा ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले पाएको थोरै सहुलियतको सामन पनि खरिद गर्न सक्दैन्न । सरकारले शहरको गरिव देख्ने तर ग्रामिण क्षेत्रको गरिबलाइ नदेख्ने ? यो कस्तो आखाँ हो सरकार ? कम्तीमा पनि एक गाऊ विकाश समितिमा एक सुपथ मुल्यको पसल राख्ने हो भने बल्ल सरकारले सुरु गर्न लागेको उक्त पसलको प्रभावकारिता देखिन्थ्यो । उहि शहरमा सुपथ मुल्यको पसल छ भन्यो शहरमा नै व्यापार ग¥यो । यसले त शहरको जनता चाहि नेपाली ग्रामिणका जनता चाहि पराइ जस्तो भान आम ग्रामिणमा बसोबास गर्ने नेपाली जनतालाइ थालेको छ । सुपथ मुल्यको पसल सञ्चालन राम्रो काम भए पनि यस्को प्रभाकारितामा प्रश्न नराख्ने गरि काम गर्नु चाहि बुद्धिमानी हुनेछ कि ?

Please share us on:

तपाईको प्रतिक्रिया