काठमाण्डौ, भदौ, १२
नेपाल राष्ट्रबैँककोअनुसार नेपालको महङ्गी नियन्त्रण भन्दा बाहिर गएको छ । बजारमा सामानको भाउ आकाशिएको छ । यसबाट नेपालीको दैनिक जिवनमा प्रत्यक्ष असर परिरहेको छ । दालतथा गेडागुडिमा सबभन्दा बढि मुल्य वृदि भएको छ । आकाडाअनुसार दालतथा गेडागुडिमा ३२.७ प्रतिशतले बढेको छ । चाडबाडले छोपेको बेला यसरी बजार भाउ आकाशिनु पक्कै पनि राम्रो होइन् । यसले आम नेपालीलाइ पिडा दिएको छ । नाकाबन्दी र भुकम्पले थलिएको नेपालीलाइ नियन्त्रण बाहिरको महङगीले अवश्य झन बढि पिडा दिने छ । खाद्य तथा पेय पदार्थमा १० .९ प्रतिशत,मसलामा १३ .५, घ्यु तथा तेलमा १९ .५ त्यस्तै लत्ताकपडामा १४ .२ घरयासी समनामा १२ .७, गैर खाद्य र सेवामा ९.२ प्रतिशत मुल्य वृदि भएको छ । महङगीलाइ ८ प्रतिशतमा कायम राख्ने लक्ष पनि सफल हुन सकेन । आन्तरीक उत्पादनको योगदान नगन्य मात्रामा देखिएको छ भने हाम्रो जिवनमा दैनिक प्रयोग हुने सामग्रीदेखि लिएर कलकारखाना सञ्चालनको लागि चाहिने कच्चा प्रदार्थ पनि आयत गरेर सञ्चालन गर्न पने बाध्यताले गर्दा महङगी नियन्त्रण बाहिर गएको हो । अझ व्यापारीले कृत्रिम अभाव गरिदिनाले पनि महङगीलाइ थप टेवा पुगेको हो ।