खबर कर्नर, भदौ ५,
नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाकी मन्त्रहिरुको नामावाली पठाउने गृहकार्य गर्न थालेको छ । सरकार गठन भएको लामो समयसम्म पनि आफनो भागमा परेको मन्त्रालयको मन्त्रीहरुको नाम पठाउन नसकेको काग्रेस अब तयारी थालेको हो । रामचन्द्र पौडेल पक्षको विरोध र नेविसघंको अधिवेसनका कारण सरकारमा सहभागी मन्त्रीहरुको नाम पठाउन नसकेको हो । नेविसघंको अबिवेसन पनि सकिएको र सोमबार सम्म जिल्ला सभापतिहरुको भेला पनि सकिने हुदा रामचन्द्र पौडेल पक्षलाइ समेत समेटेर थप नामवाली तयारी गर्नतिर शेर बहादुर देउवा लागेका छन् । भारत भ्रमणमा रहेका पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उप तथा गृहमन्त्री पनि मंगलबारसम्म फर्किसक्ने हुनाले बुधबार प्रधानमन्त्री पुष्प कमल दाहाललाइ नामावली बुझाउने तयारीमा लागेका छन् । कांग्रेसमा मन्त्री बन्नको लागि नेताको धाउनेको सख्ंया धेरै भएकोले पनि नामवली पठाउन सभापति देउवालाइ गाह्रो भएको हो ।