काठमाण्डौँ
स्वस्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वस्थ्य क्षेत्रमा सुधारको काम गरे पनि उनीभन्दा माथि रहेकाले उनलाई यो कामबाट विरुत्साहि गर्न खोजेका छन् । यो बारम्बार उठ्ने कुरा हो आम मानिसहरु उपचार गर्ने पैसा नपाएर अस्पतालमा छटपटाईरहेको छन् भने नेपालका धनी र ठृला भनाउदाहरु भने उपचारको नाममा देश ढुकुटीमा मोज गरिरहेका छन् ।
नेपालमा सफल हुने उपचारको लागि सुजता कोईरालाले नेपाल सरकारबाट उपचारको लागि ५० लाख बोनस स्वरुप पाएकी छिन् । स्वस्थ्य मन्त्रीले ठुलाबडालाई दिने उपचारको रकम घटाउने कार्यमा जुटिरहदा उनकै पार्टीका गृहमन्त्री विमलेन्द्र निधिको पहल तथा देशका प्रधामन्त्रीको आदेशमा राज्यको ढुकुटीबाट ५० लाख रुपिया झिकिएको हो । यहि पैसाले उनी उपचारको लागि पुन सिँगापुरतिर लागेकी छिन् ।
यसरी नै राज्यको सम्पतीको दोहन गर्ने हो निकट भविष्यमा राजनितिमा लागेका मानिसहरु ओहादामा पुगेका मानिसहरुको उपचारको लागि मात्रै देश सम्पती खर्चिन पर्नेछ ।

Please share us on:

तपाईको प्रतिक्रिया