खबर कर्नर

नेपाल टेलिकमले आफनो नाम झुटो प्रचारमा आएको हुनाले यस भ्रमको पछाडि नलाग्न एक विज्ञपति मार्फत उपभोक्त्ताकरुलाई सचेत गराएको छ । यसबाट घट्ने घटनाको नेपाल टेलिकम दोषि नरहने भन्दै सचेत रहन आग्रह गरिएको हो ।

केही दिन यता +९२३००५३५८६६४ जस्ता विभिन्न नम्बरबाट भाइवर लगायतमा कल गरी ‘नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरिएको Lottery कार्यक्रममा तपाईंलाई ठूलो रकम परेकोले सो रकम ट्रान्सफर गर्न’ भन्दै बैँक खाता नम्बर, एटिएम पिन नम्बर माग्ने र बैंकको रकम ठगी गर्ने जस्ता गैरकानुनी कार्य भइरहेको बुझिएकोले नेपाल टेलिकमले कुनै पनि व्यक्ति वा संस्थासँग मिलेर त्यस प्रकारको कार्यक्रम सञ्चालन नगरेको सुचना निकालेको छ। साथै यस किसिमको ठगीबाट बच्न बेलैमा सतर्क रहन पनि आग्रह गरेको छ।

Please share us on:

तपाईको प्रतिक्रिया