जनकपुर, कात्तिक १९,
भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाण्डौको दर्शन भेटलाई सकेर अपरान्ह जनकपुर पुग्नुभएको छ ।
जनकपुरमा मुखर्जीको भव्य तथा सभ्य स्वागत गरिएको छ । नेपालको राष्ट्रपति विद्यादेवि भण्डारीको पालामा जस्तो विरोधको स्वर सुनिएको छैन् । परिस्थिति जस्तो भए पनि नेपालको राष्ट्रपति र भारतीय राष्ट्रपतिको जनकपुर भ्रमण नितान्त फरक रहेको पाइन्छ । भारतीय राष्ट्रपतिले जनकपुरमा नागरिक अभिनन्दन पाएका छन् भने हाल जनकपुरको माहोल नै फेरिएको छ । राष्ट्रपति मुखर्जीले जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।
जनकपुरको कार्यक्रम सकिएपछि मुखर्जी आजै पोखरा जाने कार्यक्रम रहेको छ । पोखरामा भने परिस्थिति अलि फरक रहेको छ । केहि दिन अघि मात्र भारतीया राष्ट्रपतिको पोखरा भ्रमणको विषयलाई लिएर विरोधको स्वाहरु सुनिएको थियो । जता जे सुकै भए पनि हाल राज्य भारतीया राष्ट्रपतिको भ्रमण सफल बनाउनको लागि सम्पुर्ण शत्ति लगाईरहेको छ । नेपाललाई यो पनि देखाउनु छ नेपालमा कुनै पनि राष्ट्रको उच्चस्तरिय भ्रमणमा सुरक्षाको प्रत्याभुति दिलाउन सक्ने छ । भारतीया राष्ट्रप्रमुखलाई यति धेरै सम्मान दिनु चिनलाई देखाउनु पनि रहेको भित्रि तथ्या रहेलको छ । सुरक्षा र तयारीको कारण चिनले उच्चस्तरिय भ्रमण रोक्दै आएको छ ।