नेकपा(एमाले)ले संबिधान कार्वनयनको लागी मधेसी जनताको साथ लिन र मधेश आन्दोलन र मधेसी मोर्चाले बिगारेको छबी सुधार्न मधेस केन्द्रीत अभियान सुरु गरेको छ । त्यसै अभियान अन्तर्गत आज एमाले नेताहरु जनकपुरमा छठको अवसरमा चियापान कार्यक्रममा ब्यस्त छन् ।
पार्टीका बरीष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, योगेश भट्टराई, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सत्यनारायण मण्डल र अन्य केन्द्रिय र जिल्ला स्थरिय नेताहरु उक्त कार्यक्रममा सहभागी भई रहेका छन् ।
बिबिध सांस्कृतिक कार्यक्रम सहित भई रहेको यस कार्यक्रममा एमाले नेताहरुले संबिधान संसोधनमा पार्टीको धारणा जनता सामु रख्नेछन ।
मधेसी दलहरुले संबिधान संसोधन गर्नुपर्छ भनी माग राखी रहेको बेलामा एमालेको यस अभियानलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।