खबर कर्नर , कात्तिक ३
मंगलबार बसेको व्यवस्थापिका संसदको बैठकले भुमिगत जलस्रोत विधेयक ,२०७२ लाइ दफावार छलफलको लागि सम्वन्धीत समितिमा पठाइयोस भन्ने प्रस्तावलाइ सर्वसम्मतीले स्वीकृत गरेको हो । सिंचाइमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशरण महातले सदनमा आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नु भएको हो बैठकमा डा. महतले जीवाणुजन्य तथा विषाक्त हतियारको विकाश उत्पादन र भण्डारमा प्रतिवन्ध लगाउने तथा नष्ट गर्नेसम्बन्धी महासन्धी प्रस्तुत गर्दा समितिमा पठाउनको लागि स्वीकृत भएको हो ।
सो सन्धीलाइ विश्वका १७५ वटा देशले अनुमोदन गरिसकेको छन् । मंगलबारको बैठकमा चिकित्सा परिषद( पहिलो संसोधन )विधेयक २०७२ लाइ सर्वसम्मतीलै पारित गरेको हो ।
प्रधानमन्त्रीका तर्फबाट न्याय कानुन तथा संसदीय व्यवस्थामन्त्री अजयशंकर नायकले विधेयक प्रस्तुत गरेको थिए । व्यवस्थापिका संसदको अर्को बैठक कात्तिक ३ गते ३ बजे बस्ने छ ।