असोज २८, काठमाडौं,
नेकपा(एमाले)ले भोली असोज २९ गते बिगत बर्षमा जस्तै नेपालीहरुको महान् चाँडको उपलक्ष्यमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

काठमाडौंको धुम्बाराही स्थित शंख पार्कमा आयोजना हुन लागेको उक्त कार्यक्रममा राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्य सचिव, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तिय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महा–प्रबन्धक, सुरक्षा निकायका अधिकारी, पूर्वप्रशासकहरु, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेशागत संघ-संस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्ताहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुका साथै कुटनीतिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती हुने पार्टी सचिब एंव प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ ।
क्रायक्रम भोली दिउसो १२ बजे देखी ३ बजे सम्म हुनेछ ।

uml

Please share us on:

तपाईको प्रतिक्रिया