खबर कर्नर, असोज ९
लामो समयको विवादमा रहेर चर्चामा आएको मोनमोहद न हस्पिटलको समस्य समधानको बाटोतिर अगाडि बढेको संकेत मिलेको छ । स्वास्थ्य क्षेत्रको मनपरि रोक्न भन्दै असन बसेका डा. गोविन्द केसीको माग प्रति सरकार केहि हदसम्म भने पनि प्रतिबद्धता जाहेर गर्न लागेको हो ।
अब मनमोहन चिकित्सा शिक्षा अध्ययन संस्थान हुने भएको छ । शनिबार बसेको न्याम्सको सिनेट बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्रालयको एक कर्मचारीले जानकारी दिए । यसअघि सरकारले गोविन्द केसीसँग मनमोहन मेडिकल कलेजको साटो मनमोहन अधिकारीको नाममा न्याम्सको नाम राख्ने सहमति गरेको थियो । डिन नियुक्ति अब राजनैतिक भागबण्डा अधार नभइ कार्यक्षमताको आधारमा नियुक्ति गर्ने मन्त्रालयले जनाएको ।
यहि विषयको पेरिफेरिमा रहेर आइतबारदेखि संसदमा मेडिकल शिक्षा सम्बन्धी विधेयकमा छलफल सुरु हुदै छ । स्वास्थ्य मन्त्रालयले न्याम्सको डिन नियुक्तिका लागि निश्चित नियम बनाएर मन्त्रीपरिषदमा पठाएको छ । शनिबारको निर्णयसँगै स्वस्थ्य क्षेत्रको सुधारका लागि आमरण अनसन बस्दै आउनु भएको डा. गोविन्द केसी फेरि अर्को चोटि अनसन बस्न नपर्ने वातावरण बन्दै गरेको आसाय मिलेको छ ।