खबर कर्नर, भदौ, ६
दशैँ लाग्यो तर देशलाई आवश्यक खशि बोका पनि भारतबाट नै आयत गर्न पर्ने वाध्याता रहेका ेछ । हिन्दु तथा नेपालीहरुको ठुलो चाड दशैँ नजिकै गर्दा भारतसँग नाका जोडिएको स्थानहरुबाट नेपालमा खशि बोका भित्रिनेक्रम तिव्ररुपमा वढिरहेको छ ।
अघिल्लो दशैँमा गरिएका नाकाबन्दीकोमा बावजुद पनि नेपालमा चाहिने जति नै खशिबोका भारतबाट भित्रिएको थियो । तर यसपाली दशैँ सुरुहुनुभन्दा ३ हप्ता अगाडिबाट नै भारतबाट नेपालमा खशिबोका भित्रिने क्रम सुरु भइसकेको छ । सरकारले जतिसुकै नारा दिएर कृषिमा आत्मानिभर्र बनाउछु भने पनि यहाको उत्पादनले नपुग्ने निश्चित छ ।
सधै भरि नेपाललीले नेपालको बजार चाहिने जति खशि बोका उपलब्ध गराउन पनि सक्दैन् । त्यहि कारण पनि नेपालको उत्पादनलाई नेपाली व्यापारीहरुले चासो नदिएका । नेपालका व्यापारीहरुले भारतसँग सिमाना जोडिएको बिरगञ्ज नाका र नेपालगञ्ज नाकाबाट उल्लेख्य मात्रामा खशिबोका नेपालमा आयत गरिरहेका छन् ।