असोज ६
काठमाडौं – व्यापारिक प्रायोजनको लागि निर्माण गरिएका भवनहरुले सरकारलाई नियमित कर नतिरेको पाइएको छ । काठमाडौंका एक दर्जनभन्दा बढी व्यापारिक मलहरुले नियमित रुपमा कर नतिरेको पाइएको हो ।

स्थानीय स्वायत्त शासन ऐनको दफा १४६ अन्तर्गत व्यापारिक कारोबारका लागि निर्मित भवनले घर–जग्गा कर, मालपोत कर, बहाल कर, सवारी कर वार्षिक रुपमा तिर्नुपर्ने प्रावधान रहेको काठमाडौं महानगरपालिकाल जनाएको छ ।

खाद्य संस्थानको जग्गामा रहेको कंचनजंघा टावर, त्रिभुवन विश्वविद्यालयअन्र्गतका जग्गामा रहेको युनाइटेड वल्र्ड ट्रेड सेन्टर, नसनल ट्रेडिङ लिमिटेड टेकु, थापाथलीस्थित नेपाल जेसिसद्वारा नवनिर्मित दुई भवन, सिभिल मल र काठमाडौं मलले नियमित कर नतिरेको महानगरपालिकाल जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Please share us on:

तपाईको प्रतिक्रिया