काठमाण्डौँ, मंसिर २
यहि आर्थिक वर्ष २०७१÷७२ बैँक तथा वित्तिय संस्थाबाट सबैभन्दा धेरै कर नेपाल सरकारलाई बुझाएबापत आन्तरिक राजस्वविभागबाट नबिल बैँक सम्मानित भएको हो ।
कर दिवसको अवसर पारेर उप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सम्मान गरेका थिए । पाँचौ राष्ट्रिय कर दिवसमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा नविल बैँक अरु वित्तिय संस्थालाई उछिन्दै सम्मान पाउन सफल भएको हो ।
आन्तरिम राजस्व विभागले हरेक पर्ष कर तिरेको आधारमा वित्तिय तथा अन्य संस्थाहरुलाई समेत सम्मान गर्दै आइरहेको छ । नेपालमा सरकारी भन्दा निजि क्षेत्रको करमा वढि योगदान रहेको छ ।