कार्तिक १९,

नेपालबाट निर्यात हुने जुटजन्य सामाग्रीमा भारतले अतिरिक्त कर लगाउने तयारी गरेको छ ।

भारतीय जुट उद्योगहरुको दबाबमा एन्टी डम्पिङ कार्यालयले वित्त मन्त्रालयलाई नेपाली जुटका तयारी वस्तुलाई अतिरिक्त कर लगाउन सुझाव दिएको छ ।

कार्यालयले बुझाएको सुझाव वित्त मन्त्रालयले भने कार्यन्वयनमा ल्याइ सकेको छैन् । भारतले एन्टी डम्पिङ ड्युटी लगाउने भएपछि पूर्वका जुट उद्योगीहरु चिन्तित बनेका छन् । यसबाट उद्योगीहरु चिन्तित हुनुका साथै थप लगानी गर्न हच्किएका छन् । आजको कारोबार दैनिकमा खबर छ । प्रतिक्रिया दिनुहोस

Please share us on:

तपाईको प्रतिक्रिया