नेकपा (एकीकृत समाजबादी) धादिङ—काठमाडौँ सम्पर्क मंञ्चले तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्य तथा पार्टीका उपमहासचिव डा.ंगगालाल तुलाधर र पार्टी पोलिटब्युरो सदस्य गुरुप्रसाद बुर्लाकोटीको उपस्थितिमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा धादिङबाट काठमाडौँ आई बसोबास गर्ने एकीकृत समाजबादी पार्टीमा आवद्ध कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पाण्डेले आफुले मुख्य मन्त्री हुदाँ केन्द्र सरकारले गर्न नसकेको काम आफु मुख्यमन्त्री भएपछि गरेको दाबी गरेका छन् । बाग्मती प्रदेशले रासायनिक मलको कारखान खोल्ने प्रक्रिय अगाडि बढाएको र यसको लागि लगानीकर्ताको समेत पहिचान भइसकेकोले अब प्राविधिक प्रक्रिया लगायतका काम अगाडि बढाउन लागिएको जानकारी दिएका छन् । त्यस्तै प्रदेश सरकारले बाग्मती प्रदेशका १० हजार युवालाई सिपमुलक तालिमको लागि बजेट व्यवस्था गरिएको पनि जानकारी दिए । आगामी चुनाव बारे बोल्दै मुख्यमन्त्री पाण्डेले यो गठबन्धन देशको रक्षाको लागि भएको भन्दै समाजबादीले कांग्रेस र माओबादी लाई कांग्रेस माबाबादीले समाजबादीलाई भोट दिएर प्रतिगमनकारी शक्तिलाई दनक दिनु पर्ने बताए ।


कार्यक्रममा विशेष अतिथि पार्टी उपमहासचिव गंगालाल तुलाधरले पार्टीले हाल लिएको निति तथा योजनाबारे जानकारी दिएका थिए भने पार्टी पोलिव्युरो सदस्य गुरुप्रसाद बुर्लाकोटिले पनि मनतब्य राखेका थिए ।

Please share us on:

तपाईको प्रतिक्रिया