सरसरती हेर्दा प्रधानन्यायाधिस चोलेन्द्र शम्सेरा जबरा र बार विचको लडाई देखिए पनि यो विशुद्ध राजनैतिक लडाई हो । राननिति प्रवेश नगरेको ठाउँ कुनै एक ठाउँ थियो भने त्यो अदालत थियो तर ०६१ सालदेखि नेपालको न्यायालयमा राजनितिको तुष पसेको छ । सिधा भाषामा भन्ने हो भने बारबाट न्यायालय चलाउन हुन्न बार विशुद्ध नाफामुलक एसोसियसन हो । तर अदालत तिनको छिनोफानो गर्ने निकाय हो । बार वकिलहरुले जे जे भने पनि उनीहरु राजनैतिक खोल ओडेका कानुनी कार्यकर्ताहरु हुन् । उनीहरु पैसाको लागि जे गर्न पनि तयार हुन्छन् । सहिलाई गलत र गलतलाई सहि बनाउने वकिलहरुको काम हो ।
प्रमाणको आधारमा वा देशको अवस्थालाई मध्यनजर गर्दै देशको हितमा अदालतले काम गर्नु पर्ने हुन्छ । नेपालको इतिहासमा राजनितिको बाटो एकातिर न्यायालयबोबाटो अर्कोतिर हिडेको इतिहास रहेको छ । ठुलाठुला राजनैतिक निर्णयहरु सर्वौच्चबाट बदर भएका उदाहरणहरु छन् । यसबाट पाठ सिकेका नेपालका राजनैतिक दलहरुले ०६१ प्छि विस्तारै आफना दलका कार्यकर्तालाई न्यायलयमा प्रवेश गराए । अनि बारमा आवद्ध वकिलहरु पनि कुनै न कुनै राजनैतिक दलसँग नजिक रहेका छन् । यसले के देखाउछ भने अब न्याय भनेको राजनैतिक आडमा मात्रै मिल्छ भन्ने छनक दिएको छ । जसरी मतदाता नेताकोमा माननिय भन्दै धाउछन् न्यायलयलाई पनि राजनैतिककरण मार्फत त्यहि दिशातिर लानको लागि नेपालको राजनैतिकदलहरुले लामो अभ्यास गरे । त्यस अभ्यासको प्रतिफल देखिन सूरु भएको छ ।
बारको र प्रधानन्यायधिसविचको सम्बन्धमा धरार के हो आफनो ठाउँमा होला तर बार जस्ले पैसामार्फत कानुनको व्याख्या गर्छ त्यसअनुसार अदालत चल्नु भनेको आम गरिव र जनताको पहुचबाट न्याय टाढा हुनु हो । यसले आम मानिसको न्यायलय प्रतिको भरोसामा पुर्णविराम लगाउनु हो । अब सहि निकास भनेको योग्य र सक्षम व्यत्ति जस्ले जनता देश भुगोलको व्याख्या गर्न जानेको होस राजनैतिक छाया कहि कतै नपरेको होस यस्ता व्यक्तिले न्यायलयमा ठाउँ पाए पुराना दिन फर्केला नत्र अत्र राजनितिक दलले जे भन्यो त्यहि बाहेक नेपालको न्यायलयबाट आसा गर्ने ठाउँ रहन्न । ।