नेपालगञ्ज,
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले राजनितिको आवरणमा हिंसात्मक गतिविधि बढेको बताएका छन् । शान्तीपुर्ण आमसभामा बम हान्ने गोलि हान्ने जस्ता क्रियाकलाप लोकतन्त्रमा कहि कतै नभएको बताएका छन् ।
एमाले प्रचार विभाग बाँकेले नेपालगंञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सोझा साझा जनतलाई मधेशी मोर्चाले उत्तेजनामा ल्याउने काम गरेको आरोप लगएका छन् । मधेशी मोर्चाले पछिल्लोमा समय राजनैतिक पाठ बिर्सिएर हिंसावादी सोचको विकाश गरेको बताएका छन् ।
यस्तो खाले प्रवृतिले मोर्चालाई नै घाटा हुने उनको तर्क थियो । राजनितिमा विचारको लडाई हुने र को शत्तिशाली भन्ने कुरा जनताको मतले बताउने छ । त्यसकारण शत्तिशाली र जनताको मनोभावना बुझन पनि निर्वाचन आवश्यक भएको भन्दै मोर्चाले आपारिधिक गतिविधि त्याग्न पर्ने बताए ।
लोकतन्त्रमा अपराध गर्ने छुट कसैलाई नभएको भन्दै अपराधिक क्रियाकलापले कुनै पनि समस्याको समधान नहुने बताए । यो सरकार इतिहासकै कमजोर सरकार भएको हुनाले पनि हिंसाजन्य त्रियाकलापको वृद्धि भएको आरोप लगाए । यहि कारणले पनि सर्वसाधरण मानिसको ज्यान गएको भन्दै दुख व्यत्त गरेका छन्