काठमाडौँ,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार मन्त्रीपरिषद विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष कमल थापा उप प्रधानसहित संघीय मामिला तथा स्थानियय विकाश मन्त्री र राप्रपा कै दिलनाथ गिरी संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्रीले मन्त्री परिषद विस्तार गरेका हुन् ।
बिहिबार नै राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा लानुको उद्देश्य बेग्लै रहेको राजनैतिक वृतमा हल्ला चल्न थालेको छ । हितराज पाण्डेलाई सरकार बाहिर पठाएर मन्त्रीमण्डल ४५ बनाएका छन् ।

संविधान संशोधनको विपक्षमा उभिने धम्की दिदै आएको कमल थापालाई सरकारमा लादा संशोधन प्रस्ताव पास हुने भित्रि खेलमा प्रधानमन्त्रीको बुझाई रहेको छ । त्यस्तै मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिए पनि स्पष्ट बहुमत हुने हुने सरका बलियो हुने र नढल्ने अपेक्षा सहित ३ उप प्रधान सहित ३१ मन्त्री र १४ राज्य मन्त्री बनाएका हुन् ।

Please share us on:

तपाईको प्रतिक्रिया