सिरहा,
संयुक्त मधेशी मोर्चाको बन्द एमाले प्रति उग्र बन्दै गएको छ । मोर्चाका कार्यकर्ताहरुले सिरहास्थिति एमाले पार्टी कार्यलय जलाएका छन् ।
एमालेलाई मधेशबाट बहिस्कार गर्ने निति लिएको मोर्चाले सोमबार भएको घटनालाई कारण बनाएर एमालेको पार्टी कार्यलयमा क्रोध देखाएका हुन् ।
२ नं. प्रदेशको बन्द आयोजना गरेका मोर्चाका कार्यकर्ताहरु बिहान देखि नै प्रदशनमा उत्रिएका थिए । अनियन्त्रित प्रदर्शनकारीले एमालेको पार्टी कार्यलय तोडफोड गरेर आगो लगाएका छन्
प्रहरीले पार्टी कार्यलय तोडफोडमा आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । सोमबारको घटनालाई लिएर पूर्वी तराईका विभिन्न जिल्लाहरुमा उग्र प्रदशनहरु भइरहेको छ ।