काठमाडौँ,

त्रिभुव विश्व विद्यालयले तोकेकै समयमै स्ववियु निर्वाचन नभएको आगिंक क्याम्पसहरुको सबै भन्दा महत्वपुर्णरुपमा हेरिएको रत्न राज्य क्याम्पसमा सोमबार २३ गते स्ववियु निर्वाचन हुने भएको छ । रत्न राज्य क्याम्पस(आर आर() मा विभिन्न माग राखेर गरिएको तालाबन्दीको कारण गत फागुन १८ गते निर्वाचन हुन नसकेको हो । रत्न राज्य क्याम्पसको इतिहासमा हालसम्म कुनै पनि संगठनले एमाले समर्थित अनेरास्ववियुलाई हराउन सकेको छैन् ।

अनेरास्वुवियुको तर्फबा तपेन्द्र बहादुर शाहीलाइ अध्यक्षको उम्मेद्वारी बनाएको छ भने नारायण शर्मालाई सचिव र संगम प्रसाद देवकोटालाई कोषाध्यक्षको उम्मेद्वारी बनाएको छ ।

अग्रगामी विद्यार्थी,नयाँ शक्ति, नेपाल कम्युनिष्ट पार्टी विप्लव समुह,वैद्य नेतृत्वको विद्यार्थी संगठनहरुले सयुक्त प्यानलको अध्यक्षमा नयाँ शत्तिका अरविन्द्र भट्टराईलाई तोकेको छ भने सचिवमा वैद्य माओबादीका विपिन अधिकारी र कोषाध्यक्षमा संघिया समाजबादीका सन्दिप लिम्बुलाई उम्मेद्वारी बनाएको छ । माओबादी केन्द्रले ध्रुवराज वग्लेलाई अध्यक्ष बनाएको छ भने मनोज खतिवडालाई सचिव र सागर लिम्बुलाई कोषाध्यक्ष बनाएको छ ।

२३ गते बिहान ८ बजेबाट निर्वाचन सुरु हुने क्याम्पस निर्वाचन समितिले जनाएको छ । एमाले अखिलको लाल किल्ला रत्न राज्य क्याम्पसमा भत्किने हो कि रहि रहने हो त्यो निर्वाचन परिणामले बताउने छ ।

आन्तरिक विवादको कारण नेविसंघले उम्मेद्वारी दर्ता गरेको छैन् । त्रिपक्षिय भिडन्तको कारण पनि आरआरको निर्वाचन परिणाको पर्खाइ मिठो हुने छ ।

Please share us on:

तपाईको प्रतिक्रिया